भिक्टोरिया राज्य समिति निर्वाचन तथा उम्मेदवारसम्बन्धी सूचना
Published on 24 September 2026 · Abhimanyu KC
पाँचौँ अधिवेशन २०८३
निर्वाचन समितिको औपचारिक सूचना
भिक्टोरिया राज्य समिति निर्वाचन तथा उम्मेदवारसम्बन्धी सूचना
जय नेपाल!
पाँचौँ अधिवेशन २०८३ अन्तर्गत विभिन्न पदहरूमा सर्वसम्मति कायम भए तापनि भिक्टोरिया राज्य समितिको संयोजक तथा उपसंयोजक पदमा सर्वसम्मति हुन नसकेको हुँदा उक्त दुई पदका लागि अनलाइन निर्वाचन हुने जानकारी गराइन्छ।
उम्मेदवारहरू:
राज्य संयोजक:
१. कमल प्रसाद लामिछाने
२. दिपेन्द्र राज हमाल
राज्य उपसंयोजक:
१. पुष्कर दाहाल
२. सोनाम शेर्पा
मतदानसम्बन्धी जानकारी:
मिति: २५ सेप्टेम्बर २०२६
समय: बिहान ८:०० बजेदेखि बेलुका ५:०० बजेसम्म
माध्यम: अनलाइन मतदान
मतदान गर्न पाउने: भिक्टोरिया राज्यका अन्तिम स्वीकृत क्रियाशील तथा जनसम्पर्क सदस्यहरू।
मतदाता नामावली संस्थाको आधिकारिक पोर्टल australia.nepalijss.org मा प्रकाशित भइसकेको छ। सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूले आफ्नो नाम सुनिश्चित गरी तोकिएको समयभित्र अनलाइन मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।
अनलाइन मतदानका क्रममा कुनै प्राविधिक समस्या आएमा सम्पर्क:
Ashish Mahaseth 0492 810 711 ashishM@thekakaduit.au
निर्वाचन समिति
नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया
JSS Australia Members - Victoria
member-list
application/pdf · 197.76 KB
